संस्थाको परिचय (Introduction of Organization)
श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. "समृद्दिका लागि सहकार्य" भन्ने मुल नाराका साथ समाजमा छरलिएर
रहेका स-सानो पूँजीलाई एकीकृत गरी पूँजीनिर्माण गर्न र उद्यमशिलता र स्वरोजगार को विकास गरि अन्तत्वगत्वा
सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक र वैयक्तिक क्षमताको विकासको लागि विशेषत २८२ जना सदस्यहरुको
विशेष सकृयता र पहलबाट भीरकोट न.पा. १ हेगडाँडा निवासी श्री भक्तबहादुर के.सी. ज्यूको अध्यक्षतामा मिती
२०७०/०३/०३ गतेका दिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४५ अनुसार विधीवत रुपमा डिभीजन
सहकारी कार्यालय स्याङ्गजामा दर्ता भएको बचत तथा ऋण सहकारी संस्था हो।
यस संस्था स्याङ्गजा जिल्लाको मध्ये
भागमा अवस्थित ऐतिहासिक ठाँउ भीरकोट न.पा. वडा नं. १ बयरघारी सिद्दार्थ राजमार्गको मेन रोडमा अवस्थित छ ।
यस सहकारी संस्थाले आफ्नो कारोबार कार्यालय खोली औपचारिक रुपमा विधीवत रुपमा वि.स. २०७०/०५/२६ गते
बाट शुरुवात गरेको हो । यस सहकारी संस्थाका विभिन्न लक्ष्य र उद्देश्यहरु रहेका छन् । हाल यस संस्थामा ५ सदस्यीय
संचालक समिति, ३ सदस्सीय लेखा सुपरीवेक्षण समिति र अन्यमा ऋण उप समिति, शिक्षा उप समिति र लगाएत
विभीन्न उप समितिहरु रहेका छन भने १० जना कर्मचारीहरु कार्यरत रहेका छन जस्को मिती २०८१ साल असार
मसान्तरको तथ्यांक अनुशार शेयर सदस्यहरु २०४३ जना पुगेका छन ।
यस सहकारी संस्थाको कार्यक्षेत्र स्याङ्जा
जिल्लाभर हो भने यस संस्थाले निकट भवीष्यमै जिल्लाको विभीन्न पालीकाहरुमा सेवाकेन्द्र विस्तार गर्ने लक्ष्यका साथ
आफ्नो दैनिक क्रियाकलपहरु सुव्यवस्थित र पूर्ण पारदर्शिताका साथ विधीवत रुपमा सहकारी मुल्य मान्यता र
सिद्धान्तहरुलाई शिरोपर गरि सदस्यहरु र समुदाय प्रति पूर्ण जिम्मेवार र बफादार रहि सु-सचालनमा रहेको छ । यस
सहकारी संस्थाले सदस्यहरुबाट शेयर संकलन, बचत संकलन र ऋण प्रवाहको साथै विप्रेषणको (रेमीट) कार्य गर्दै आएको
छ । यस संस्थाले महिला सदस्यहरुको समुहबनाई महिलाहरुको शसक्तिकरण र उद्यमशिलताको विकास गर्नको लागि
विगत ११ वर्ष देखि गाँउगाँउमा सहकारी मोडलको लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ जस अन्तर्गत यस
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका दुर्गम गाँउका मात्रै ७२० जना महिला दिदीबहिनीहरु जोडीनु
भएको छ ।
यस संस्था स्याङ्गजा जिल्लाकै नमूना सहकारी संस्थाको रुपमा मानीन्छ साथै छोटो समयमै ठूलो प्रगती
गर्नेमा अग्रणी स्थानमा पर्दछ । भीरकोट न.पा.मा यो सहकारी संस्था अत्याधिक लोकप्रीय सहकारी संस्थाको रुपमा रहेको
छ भने अर्को तर्फ यस संस्थाले धेरै व्यक्तीहरुलाई आफुप्रति आर्कषण गर्दै दरिलो र विश्वासीलो समुदायकै नमुना सहकारी
संस्थाको रुपमा आफुलाई प्रमाणित गर्न सफल भएको मानिन्छ । यस सहकारी संस्थाले समुदायमा विभिन्न समयमा
विभिन्न खालका सामाजिक क्रियाकलपहरु गर्दै आईरहेको छ । यस संस्थाले नाफालाई भन्दा सदस्यहरुको सेवालाई मूल
लक्ष्य मानी काम गर्दै आईरहेको छ ।