“समृद्द सदस्य,समुदायमा आधारित सुशासनयुक्त नमुना सहकारी संस्था ।”
“सहकारीको मूल्य,मान्यत र सिद्दान्तहरु आत्मसाथ गर्दे सदस्यहरुको समृद्दीको लागि उद्यमशिलता र रोजगारीको विकास गरि सदस्यहरुलाई वित्तीय एवं अन्य सेवाहरु प्रदान गर्ने ।”
१. सदस्यहरुमा बीच बचत तथा ऋणको कारोबार गर्ने ।
२. सदस्यहरुमा स्वाबलम्बन तथा ऐक्यवद्दताको भावना विकास गरि सदाचार,नैतिकता,मितव्ययिताको भावना अभिवृद्दी गर्दे पारस्परिक सहयोग तर्फ उन्मुख गराउने ।
३. सदस्यहरुको व्याक्तीगत क्षमता विकास तथा उनिहरुको उत्पादन,व्यावसाय तथा पेशाको अभिवृद्दी हुने गरि पूँजीको परिचालन गर्ने ।
४. सदस्यहरुको प्राथमिक आवश्कता र आय आर्जन पक्षलाई समायोजन गर्ने दृष्टीकोणले लगानी व्यवस्थापन गर्ने ।
५. महिला सशक्तिकरणको लागि विभीन्न कार्यक्रमहरु संचालन गर्ने ।
६. सदस्यहरुलाई बचत गर्न उत्प्रेरित गरि पूँजीको निर्माण गर्ने ।
७.सरकारी तथा गैरसरकारी संघ संस्थाबाट ऋण लिने र आयमूलक कामहरु गर्नका लागि आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्ने ।
८.समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्तिलाई संस्थामा आबद्ध गरी उनीहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि वित्तिय सहयोग, सीप विकास एवम् प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ।
९. समान उद्धेश्य भएका स्थानीय, राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आपसी हितको लागि सम्वन्ध राख्ने ।
१०. आत्मनिर्भरता तथा आत्मविश्वासको भावनाको विकास गर्न सदस्यहरुलाई तालीम तथा भ्रमण गराउने ।
११. युवाहरुलाई स्वरोजगार हुने खालको कार्यक्रमहरु संचालन गर्ने ।
१२. समुदाय भित्र सामाजिक,सांस्कृतिक,शैक्षिक,स्वास्थ्य,खेलकुद,पर्यावरण संरक्षण सम्बन्धी क्रियाकलप गर्ने ।